डलरको मूल्य अहिलेसम्मकै उच्च: ११८ रुपैयाँ नाघ्यो

Mar Sun 2020 05:32:06

डलरको मूल्य अहिलेसम्मकै उच्च: ११८ रुपैयाँ नाघ्यो

आइतबारका लागि नेपाल राष्ट्र बैंकले डलरको आधार मूल्य ११८ रुपैयाँ ३२ पैसा तोकेको छ। यसअघि डलरले ११८ रुपैयाँलाई छोएको मात्र थियो।

लामो समय ११४ रुपैयाँको हाराहारीमा रहेको डलर अघिल्लो सातादेखि निरन्तर बढ्न थालेको हो। ११४ को हाराहारीमा रहेको डलर आइतबारसम्म ११८ रुपैयाँमाथि उक्लिएको छ।