सम्पत्ति शुद्धीकरणमा सेञ्चुरी, सिटिजन्स, सिभिल र बंगलादेश बैंकलाई ५ करोड जरिवाना

Mar Sun 2020 09:38:26

634 views

सम्पत्ति शुद्धीकरणमा सेञ्चुरी, सिटिजन्स, सिभिल र बंगलादेश बैंकलाई   ५ करोड जरिवाना

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७५/७६ मा चार वाणिज्य बैंकलाई ५ करोड ८ लाख १८ हजार रुपैयाँ जरिवाना गरेको छ । 

राष्ट्र बैंकका अनुसार सेञ्चुरी, सिटिजन्स, सिभिल र नेपाल बंगलादेश बैंक कारवाहीमा परेका हुन् । यी बैंकले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धि ऐन र निर्देशनको पूर्ण पालना नगरेको, प्राथमिकता प्राप्त क्षेत्रमा तोकिए बमोजिम कर्जा प्रवाह नगरेको, कर्जा स्रोत परिचालन अनुपात कायम नगरेपछि केन्द्रीय बैंकले हर्जना तिराएको हो।

कारवाहीमा परेको बैंकहमध्ये नेपाल बंगलादेश बैंकलाई सबैभन्दा धेरै ४ करोड १ लाख ३२ हजार रुपैयाँ जरिवाना तिरेको छ।