यसरी शेयरबजारमा चलखेल भइरहेछ, बजार अहिले सट्टेबाजहरूको हातमा

Mar Sun 2020 10:02:31

785 views

यसरी शेयरबजारमा चलखेल भइरहेछ, बजार अहिले सट्टेबाजहरूको हातमा

- बद्री अधिकारी, महाराजगञ्ज, काठमाडौं 

नेपालको शेयर बजारमा अहिले सट्टेबाजहरूको हातमा पुगेको देखिन्छ । केही लगानीकर्ताको अनुमान, हल्ला प्रलोभन आदिका आधारमा बजारले गति लियो । तर, नेप्से यति बढ्छ उति बढ्छ भन्ने हल्ला फिजाउँदा सामान्य लागनीकर्ताले लगानी बढाए । तर, अहिले बजार घटेछि ती आत्तिएका छन् । यस्तो बेलामा फस्ने भनेकै साना लगानीकर्ता हुन् । ठूला लगानीकर्ताले आवश्यकताअनुसार आफ्नो नियन्त्रणमा भएका कम्पनीहरूलाई साइत हेर्दै, बढाउँदै, विक्री गर्दै फाइदा लिइसकेका छन् । 

नेपालको शेयरबजार हल्लाका आधारमा चल्ने गरेको छ । कोरोना संक्रमणका कारण विश्वको शेयरबजार ओरालो लागेको बेला नेपालको शेयरबजार उकालो लाग्यो, ऐतिहासिक कीर्तिमान कायम गर्‍यो । तर, अहिले विनाकारण ओरालो लाग्न थालेको छ ।

अर्थमन्त्रीको नाम जोडेर बजार माथि गयो अहिले तल झर्दै छ । यस्तोमा सचेत भएर लगानी नगरे सामान्य लगानीकर्ता फस्न सक्ने सम्भावना अझै छ । 

-  पाठक विचार/ https://www.abhiyandaily.com/