नेप्सेमा फेरि उल्टो सर्किट लाग्यो : ८६.३९ अंकले घटेर १ हजार ३४९ दशमलव ३१ बिन्दुमा बन्द

Mar Tue 2020 08:29:06

640 views

नेप्सेमा  फेरि उल्टो सर्किट लाग्यो : ८६.३९ अंकले घटेर १ हजार ३४९ दशमलव ३१ बिन्दुमा बन्द

बजार खुलेको मंगलबार शेयर बजारमा एक्कासी गिरावट आएपछि सर्किट लागेर बजार बन्द भएको छ।  बजार ६ प्रतिशतले घटेपछि नेपाल स्टक एक्सचेञ्जले सर्किट ब्रेक लगाएको हो।

स्टकका अनुसार  बजार ८६.३९ अंकले घटेर १ हजार ३४९ दशमलव ३१ बिन्दुमा बन्द भएको छ। 

कारोबारमा आएका सबै उपसूचमा पहिरो गएको छ । जीबन बीमा, ब्यापार , बैंकिङ्ग, होटल, र निर्जीबन बीमा उपसमूहको सूचक ५ प्रतिशत बढीले घटेको छ भने विकास बैंक, लघुवित्त, उत्पादन र अन्यको सूचक पनि ४ प्रतिशत बढीले घट्यो। नेपाल लाईफ र एनआईसी एशिया बैंकको ८ करोड बढीको शेयर खरीद बिक्री भएको छ।