नेप्सेमा दिनमै ३/३ पटक सर्किट, बजार १ हजार बिन्दुसम्म तल झर्न सक्ने, लगानीकर्ताहरुमा त्रास

Mar Tue 2020 04:34:22

नेप्सेमा दिनमै ३/३ पटक सर्किट, बजार १ हजार बिन्दुसम्म तल झर्न सक्ने, लगानीकर्ताहरुमा त्रास

एक साताभित्रै एकैदिनमा तीन पटक नकारात्मक सर्किट लागेर बजार बन्द भएपछि यतिबेला कतिपय लगानीकर्तामा त्रास नै बढेको छ।

मंगलबार फाल्गुन २७ गते शेयर बजारमा भीषण गिरावट आएको छ ।   बजार ६ प्रतिशतले घटेपछि नेपाल स्टक एक्सचेञ्जले सर्किट ब्रेक लगाएर बजार बन्द गराएको छ ।

स्टकका अनुसार आज बजार ८६.३९ अंकले घटेर १ हजार ३४९ दशमलव ३१ बिन्दुमा बन्द भएको छ। मंगलबारको गिरावटसँगै नेप्से सूचक फागुन १ गतेको सूचक नजिक पुगेको छ । १ गते नेप्से सूचक १ हजार ३४४ अंकमा रहेको थियो।

फागुन १५ गतेसम्म लगातार बढेर नेप्से परिसूचक १ हजार ६३२ अंकसम्म पुगेको थियो। सो पछिका दिनमा तीव्र गतिमा ओरालो लागेर २८३ अंक घटेपछि आज नेप्से १ बिन्दुमा ३४९ अंकमा झरिसकेको छ। बजार घटेसँगै समग्र बजार पूँजीकरण १७ खर्ब २३ अर्ब ९१ करोड रुपैयाँमा खुम्चिएको छ।


कोरोना भाइरसका कारण विश्व अर्थतन्त्र प्रभावित बन्दा चीन र भारतसहितका अन्तर्राष्ट्रिय पूँजीबजारहरु घटिरहेका छन्। तेलको मूल्य घटेको छ भने सुन र डलर भण्डारण गर्न थाल्दा दुबैको भाउ बढेको बढ्यै छ।