विश्वका शेयर बजारमा पनि उल्टो सर्किट, अब के हुन्छ ?

Mar Tue 2020 04:45:12

विश्वका शेयर बजारमा पनि उल्टो सर्किट, अब के हुन्छ ?

कोरोना भाइरसले सृजना गरेको समस्याका कारण खनिज तेलको मूल्यमा भारी गिरावट आएको छ। अन्तराष्ट्रिय मापदण्डको ब्रेन्ट क्रुडको लन्डनको कारोबारमा प्रति ब्यारेल ११.४४ अमेरिकी डलर अर्थात् २५.३ प्रतिशत गिरावट आएको छ। लन्डनमा प्रति ब्यारेल ३३.३३ अमेरिकी डलरमा कारोबार भएको छ।


विश्वव्यापी तेल बजारमा देखिएको उथलपुथलकै कारण मध्यपूर्व र एसियाली शेयर बजारमा व्यापक गिरावट आएको छ । तेलको मूल्यमा गिरावट आउँदा दक्षिण कोरिया, जापान र चीनलाई फाइदा पुग्ने अवस्था देखिए पनि विषम अस्थिरताले अर्थतन्त्रलाई ठूलो नोक्सानी गर्नेछ।