युट्युवको निशुल्क बैंक खाता सुबिधा आउदै, आम्दानी अब सिधै यसरी बैंक खातामा जम्मा हुने

Mar Thu 2020 09:33:35

768 views

युट्युवको निशुल्क बैंक खाता सुबिधा आउदै, आम्दानी अब सिधै यसरी बैंक खातामा जम्मा हुने

 युट्युबबाट हुने आम्दानी सिधै नेपालका बैंक खातामा नै जम्मा गर्न सकिने व्यवस्था हालसम्म छैन् । युट्युवले चेक अथवा वेस्टर्न युनियन मनी ट्रान्स्फरमार्फत् नेपाली युट्युव च्यानललाई आम्दानी वापतको रकम पठाइदिने गरेको छ ।

अब भने युट्युवमार्फत् भएको आम्दानी सिधै नेपालका बैंक खातामा पठाउने मिल्ने व्यवस्था गरिने राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रले बाताए ।

‘केही समयपछि बैंकहरूमा छुट्टै विदेशी डलरको खाता खोल्न सकिन्छ’ भने ‘यस्ता खातालाई सिधै युट्युव च्यानलमा लिंक गराइ आम्दानीवापतको रकम सिधै सो खातामा जम्मा हुने व्यवस्था मिलाइन्छ ।’ मिश्रले बताए ।

युट्युब प्रयोगकर्ताको सहजताका लागि यसप्रकार बैंकमा निःशुल्क खोल्न पाउने व्यवस्था अब हुनेछ ।