सुन र चाँदीको भाउमा पहिरो, सुनको एकैदिन ३ हजारले घटेर तोलाको ७८ हजार

Mar Fri 2020 07:19:09

799 views

सुन र चाँदीको भाउमा पहिरो, सुनको एकैदिन ३ हजारले घटेर तोलाको ७८ हजार

सुन र चाँदीको भाउमा पहिरो गएको छ।  

यो साताको पहिलो दिन आइतबार प्रतितोला छापावाल सुन ८२ हजार ५०० रुपैयाँ र तेजाबी सुन ८२ हजार २०० रुपैयाँमा कारोबार खुलेकोमा अन्तिम दिन शुक्रबार क्रमशः ७८ हजार ५०० र ७८ हजार २०० रुपैयाँमा खुम्चिन पुगेको हो । 

त्यस्तै चाँदी पनि कारोबारको पहिलो दिन आइतबार प्रतितोला ८९० रुपैयाँमा कारोबार खुलेकोमा अन्तिम दिन शुक्रबार ८२० रुपैयाँमा झरेको छ ।