नेपाल पुनर्बिमा कम्पनीमा रोजगारीको सुवर्ण अवसर, दरखास्त दिने अन्तिम मिति चैत २० गतेसम्म

Mar Fri 2020 03:24:04

नेपाल पुनर्बिमा कम्पनीमा रोजगारीको सुवर्ण अवसर, दरखास्त दिने अन्तिम मिति चैत २० गतेसम्म

नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ।  

१० दसैँ तहसम्मका लागि प्रशासनतर्फ २२ जना कर्मचारी पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो। कम्पनीको छैटौँतर्फ सबैभन्दा धेरै ९ जना कर्मचारी पदपूर्ति गर्न लागेको छ। यसमा एकजना आन्तरिक प्रतियोगिताबाट, ४ जना खुला र बाँकी समावेशीबाट पदपूर्ति गर्नेछ। 

आठौँदेखि दसौँ तहसम्म आवेदन दिन उम्मेदवारको उमेरको हदबन्दी २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ। त्यस्तै छैटौँ र सातौँ तहको हकमा २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र पाँचौँ तहमा १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ। महिला तथा अपांगता भएका उम्मेदवारहरुको हकमा भने ४० वर्षको सीमा तोकिएको छ । 

दरखास्त दिने अन्तिम मिति चैत २० गतेसम्म तोकिएको छ। दोब्बर दस्तुर तिरी चैत २७ गतेसम्म दरखास्त दिन सकिनेछ।