जानी राखौं ! शेयरको मूल्य कसरी घटबढ हुन्छ, सेयर घटाउने खेलाडीहरु (तत्वहरु )यस्ता छन्

Mar Fri 2020 05:27:31

2206 views

जानी राखौं ! शेयरको मूल्य कसरी घटबढ हुन्छ, सेयर घटाउने खेलाडीहरु (तत्वहरु )यस्ता छन्

हामी आज सेयर यति अंकले बढ्यो, घट्यो भनेर पत्रपत्रिका र रेडियो टिभीबाट थाहा पाउछौ । अर्थशास्त्र अनुसार मूल्य निर्धारण माग र आपूर्तिको सिद्दान्त अनुसार हुने गर्छ । सेयर बजारमा पनि माग र अपूर्ति नियम अनुसार घटबढ हुने गर्दछ ।

सेयर बजारमा पनि कुनै कम्पनीको सेयर खरिद गर्ने लगानीकर्ताहरु बढ्दै गए । तर विक्री गर्ने कम भए भने त्यस कम्पनीको सेयर मूल्य बढ्ने सम्भावना धेरै हुन्छ । अर्को अवस्था चाहीँ बिक्री गर्ने बढी र खरिद गर्ने कम भए भने मूल्य घट्छ ।

सेयर बजार मुल्यमा घटबढ हुनुमा बैक तथा वित्तीय संस्थाको ब्याज परिवर्तनले महत्वपूर्ण भूमिका खेल्दछ । जब बैक ब्याजदर बढ्दै जान्छ सेयर मुल्य घट्न थाल्छ । लगानीकर्ताहरुले सेयरमा लगानी गर्नु भन्दा बैकको बचतको ब्याजप्रति आकर्षण हुन्छन् । ब्याजदर घट्दा सेयर मूल्य बढ्न जान्छ  ।

सेयर बजार मूल्य घटबढ हुनुमा अर्को महत्वपूर्ण तत्व भनेको मौद्रिक नीति हो ।

सेयरमा कहिले काही बजारमा यस्तो अवस्था आउँछ धेरै माग नहुने कम्पनीहरु किन्दा क्रेताहरुको अभावमा विक्रेताले बाध्य भएर मूल्य घटाएर पनि विक्री गर्नु पर्ने अवस्था आउँछ ।