अब बैंकहरुले करारमा कर्मचारी राखेर काम लगाउन नपाउने, यस्तो छ राष्ट्र बैंकले दिएको निर्देशन

Mar Fri 2020 05:37:39

1366 views

अब बैंकहरुले करारमा कर्मचारी राखेर  काम लगाउन नपाउने, यस्तो छ राष्ट्र बैंकले दिएको निर्देशन

 अबदेखि बैंक तथा वित्तीय संस्थाहरुले  करारमा कर्मचारी राखेर बैंकिङको काम लगाउन नपाउने भएका छन् ।राष्ट्र बैंकले करारमा कर्मचारी राखेर कोर बैंकिङको काम लगाएका कारण असुरक्षा बढेको निष्कर्श सहित यस्तो निर्देशन गरेको हो ।

कुनै खास काम वा सेवा किटान गरी सो सम्पन्न गर्नका लागि कराररज्यालादारीमा कर्मचारी नियुक्ति गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।


कोर बैंकिङ भनेको सम्बन्धित बैंकको सिस्टम खोल्न र बन्द गर्न पाउने एक्सेस हो । करारमा राखिएका कर्मचारीले बैंकको सिस्टम खोल्न र बन्द गर्न वा सिस्टमभित्र प्रवेश गर्न पाउने छैनन् ।

कोर बैंकिङ बाहेकका काममा भने बैंकहरुले करारमा कर्मचारी राख्न पाउने छन् । त्यो भनेको प्राविधिक, कन्सल्ट्यान्ट, कार्यालय सहयोगी, प्लम्बर ।