Mar Fri 2020 05:57:38
1120 views
चालु आर्थिक वर्षको छ महिनामा बीमा कम्पनीहरुले आफ्ना कर्मचारीलाई ४८ करोड १५ लाख रुपैयाँ बोनसका लागि छुट्याएका छन् ।
निर्जीवन बीमा कम्पनीले २७ करोड ३ लाख रुपैयाँ र २१ लाख १२ हजार रुपैयाँ जिवन बीमा कम्पनीले आफ्ना कर्मचारीलाई बोनसका लागि छुट्याएका हुन् ।
२० वटा निर्जीवन बीमा कम्पनीहरु मध्ये १२ वटा निर्जीवन बीमा कम्पनीले पुस मसान्तसम्म १ करोड रुपैयाँभन्दा बढी बोनस छुट्याएका छन्। त्यसैगरी, ४ वटा निर्जीवन बीमा कम्पनीले ५० लाख रुपैयाँभन्दा बढी र बाँकीले २० लाख रुपैयाँ भन्दा बढी कर्मचारीलाई बोनसका लागि छुट्याएका छन् ।
८ वटा जीवन बीमा कम्पनीले १ करोड रुपैयाँ भन्दा बढी कर्मचारीलाई बोनस छुट्याएका छन् । साथै, ८ वटा जीवन बीमा कम्पनीले ५० लाख रुपैयाँ भन्दा बढी र बाँकी कम्पनीले २० लाख रुपैयाँभन्दा बढी कर्मचारीलाई बोनस छुट्याएका हुन् ।
बोनस ऐन-२०३० मा कुनै पनि प्रतिष्ठानले कर्मचारीलाई वितरण गर्नुपर्ने बोनसको प्रतिशत खुद मुनाफाको १० प्रतिशत हुनु पर्ने उल्लेख गरिएको छ ।
- Graphs : https://clickmandu.com/