कोरोनाभाइरस पैसाबाट झन धेरै सर्छ , सकेसम्म मुखको सम्पर्कमा लानुहुँदैन : डा. शेरबहादुर पुन

Mar Sat 2020 06:51:42

1437 views

कोरोनाभाइरस पैसाबाट झन धेरै सर्छ , सकेसम्म मुखको सम्पर्कमा लानुहुँदैन : डा. शेरबहादुर पुन

चीनबाट उत्पन्न भएको कोरोनाभाइरस अहिले विश्वभर फैलीसकेको छ। भाइरसबाट बच्न विश्वभर अनेकथरि उपाए अपनाउन थालिएको छ। भाइरसबाट आफ्नो सुरक्षा गर्न मुखमा लगाउने मास्क र हातमा लगाउने पन्जाको प्रयोग गर्नेहरुको संख्या अत्यधिक बढेको पाइन्छ। तर, भाइरस नोटबाट पनि सर्छ भनेर त्यतातिर सतर्कता अपनाएको भने कमै देखिन्छ।

सामान्यतया फ्लुका भाइरस नोटमा झन्डै १७ दिनसम्म जीवित रहन्छन्’ 

डा. शेरबहादुर पुनका अनुसार नोटमा भएको भाइरस एक व्यक्तिबाट अर्कोमा सजिलै सर्न सक्ने जोखिम हुन्छ ।

एन्फ्लुएन्जा भाइरस पैसाका माध्यमबाट सर्छ भन्ने पहिले नै पुष्टि भइसकेको उहाले बताउनु भएको थियो।चीन सरकारले केन्द्रीय बैंकको गुआङझोउ ब्रान्च र पिपुल्स बैंक अफ चाइनाको संयोजकत्वमा प्रभावित क्षेत्रमा ६ सय विलियन युआन अर्थात् ८६ बिलियन डलर नोट नष्ट गरेको थियो  । प्रभावित क्षेत्रका अस्पताल, बजार र यातायातमा संकलित नोट नष्ट गरिएको अन्तरराष्ट्रिय संचारमाध्यमले जानकारी दिदेका थिए  ।

न्युयोर्क विश्वविद्यालयले गरेको अध्ययनअनुसार झन्डै तीन हजारभन्दा बढी किसिमका ब्याक्टेरिया पैसाका माध्यमबाट सर्न सक्छन् । अमेरिकामा प्रत्येक वर्ष ३६ हजार व्यक्तिले विभिन्न फ्लुका कारण ज्यान गुमाउँछन् । जसमध्ये करिब १० प्रतिशत ब्याक्टेरिया पैसाका माध्यमबाट एकबाट अर्कोमा सर्ने गरेको पाइएको छ ।