नयाँ गर्भनरका तीन दाबेदार प्रतिस्पर्धीहरु, कसको पहुँच कहाँसम्म ?

Mar Fri 2020 06:57:08

1361 views

नयाँ  गर्भनरका तीन दाबेदार प्रतिस्पर्धीहरु, कसको पहुँच कहाँसम्म  ?

नेपाल राष्ट्र बैंक बैंकका वर्तमान गभर्नर डा. चिरंजीवि नेपालको कार्यकाल २०७६ साल चैत्रको पहिलो साताबाट सकिन्छ । 

चिरंजीवि नेपालको कार्यकालपछि को नयाँ गर्भनर आउँछ भनेर बजार चर्चा परिचर्चा हुन थालेको छ । जसका लागि सरकारले प्रक्रिया सुरु गरिसकेको जनाएको छ ।  राष्ट्र बैंकको गभर्नरको नियुक्ति मन्त्रिपरिषद्ले गर्ने व्यवस्था छ । बहालवाल अर्थमन्त्रीको संयोजकत्वमा गठन हुने तीन सदस्यीय समितिको सिफारिसमा मन्त्रिपरिषद्ले नियुक्ति गर्ने भएकाले प्रधानमन्त्रीको निर्णय नै सर्वमान्य हुन्छ । त्यसैकारण गभर्नर बन्ने दौडधूमा धेरै हुन्छन् र गभर्नरका दाबेदार सीधै प्रधानमन्त्रीसम्म पहुँच स्थापित गर्न खोज्छन् ।

भावी गभर्नरको दौडमा अहिलेसम्म सबैभन्दा अगाडि डेपुटी गभर्नर शिवाकोटी छन् । झापाका शिवाकोटी केपी शर्मा ओली अघिल्लोपटक प्रधानमन्त्री हुँदा डेपुटी गभर्नर बनेका थिए ।

पूर्व नेकपा एमाले निकट मानिने शिवाकोटी प्रधानमन्त्री केपी शर्मा ओलीकै गृहजिल्लाबासी भएकाले उनको सम्भावना बढी भएको अनुमान गरिएको छ ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी अर्थमन्त्री डा. युवराज खतिवडाको निकट मानिन्छन् ।

चार्टर्ड एकाउन्टेन्ट अधिकारीलाई खतिवडाले गभर्नर हुँदा राष्ट्र बैंकमा डेपुटी गभर्नर बनाएका थिए । उनी वित्तीय क्षेत्रका कुशल प्रशासक मानिन्छन् ।

प्रचण्डले वार्गेनिङ गरेको अवस्थामा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवं राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा मीनबहादुर श्रेष्ठ पनि गभर्नर बन्न सक्छन् ।