अब बैंकले पनि ब्रोकर लाइसेन्स पाउने

Mar Sat 2020 06:58:56

2257 views

अब बैंकले पनि ब्रोकर लाइसेन्स पाउने

बैंकका सहायक कम्पनीले धितोपत्र दलाल व्यवसायी(ब्रोकर) लाइसेन्स पाउने भएका छन् । 

गत साउन मसान्तमा संसदको अर्थसमितिले बैंकलाई ब्रोकर लाइसेन्स दिइए इन्साडर ट्रेडिङ हुने खतरा रहेको भन्दै अध्ययन गर्न उपसमिति बनाएको थियो ।

रामकुमारी झाक्री नेतृत्वको उपसमितिले यही साता अर्थसमितिलाई प्रतिवेदन हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । 

प्रतिवेदनले बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिइँदा कुनै पनि प्रकारको इन्साइडर ट्रेडिङ हुने सम्भावना नरहेको कुरा अन्तराष्टिय अभ्यासले देखाएको छ ।