नेपाल राष्ट्र बैंकको नयाँ सर्कुलर, अब ‘पचास लाखसम्मको ऋण लिँदा कर चुक्ता प्रमाण–पत्र चाहिदैन’

Mar Sat 2020 05:04:29

नेपाल राष्ट्र बैंकको नयाँ सर्कुलर, अब  ‘पचास लाखसम्मको ऋण लिँदा कर चुक्ता प्रमाण–पत्र चाहिदैन’

अब रु ५० लाखसम्मको ऋण लिन तथा नवीकरण गर्दा कर चुक्ताको प्रमाण–पत्र पेश गर्नु नपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले  सर्कुलर जारी गर्दै सो व्यवस्था गरेको जनाएको हो ।

रु ५० लाखभन्दा बढी र रु दुई करोडभन्दा बढीको कर्जा लिने वा लिएको कुनै पनि फर्म वा कम्पनीलाई कर्जा प्रदान गर्दा वा नवीकरण गर्दा ऋणीसँग पछिल्लो कर चुक्ता प्रमाणपत्र लिएर मात्र कर्जा प्रदान वा नवीकरण गर्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।

कृषि, पर्यटन एवम् साना तथा मझौला उद्योग पेशा व्यवसायका लागि कर दाखिला कागजातको आधारमा कर्जा प्रदान वा नवीकरण गरिने भएको छ ।

बैंकको निर्देशनमा भनिएको छ, “साँवा र व्याज नियमित रुपमा भुक्तानी भएता पनि लगातार दुई वर्षदेखि खुद नोक्सानीमा रहेको वा नेटवर्थ ऋणात्मक रहेको फर्म, कम्पनी वा संस्थालाई प्रवाहित कर्जालाई सुक्ष्म निगरानीमा राखेको छ ।