भारतीय सेयरबजारमा अहिलेसम्मकै ठूलो पहिरो, एकैदिन ३००० अंकले घट्यो

Mar Sat 2020 05:48:05

भारतीय सेयरबजारमा अहिलेसम्मकै ठूलो पहिरो, एकैदिन ३००० अंकले घट्यो

भारतीय सेयरबजारमा अहिलेसम्मकै ठूलो पहिरो गएको छ। 

२०२० मार्च १३ गते बजार खुलेको केही मिनेटमै सेन्सक्समा २५३४ अंकको गिरावट देखियो। अनि केहीबेरमै ३१०३ अंकको गिरावटसँगै ३००० अंकभन्दा तल झर्यो। 

भारतीय सेयर इतिहासमा यो हालसम्मकै उच्च गिरावट पनि हो। ​अहिले सेन्सेक्स २९६८७.१९ अंकमा झरेको छ। 

यसैगरी निफ्टीमा पनि खुल्नासाथ ८५२ अंकको गिरावट देखिएको छ। यतिबेलासम्म यो गिरावट बढेर ९६६.१० अंक पुगेको छ। निफ्टी अहिले ८६२४ अंकमा सीमित बन्न पुगेको छ।