६४.१४ अंकले घटेर १३१३.०४ विन्दुमा, नेप्से किन घट्यो फेरि, अझै बजार घट्न सक्छ ?

Mar Sun 2020 07:34:15

1053 views

६४.१४ अंकले घटेर १३१३.०४ विन्दुमा, नेप्से किन घट्यो फेरि, अझै बजार घट्न सक्छ  ?

नेप्से सूचक आइतबार ६४.१४ अंकले घटेर १३१३.०४ विन्दुमा अडिएको छ । १७४ कम्पनीको २ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ५५ लाख ७० हजार ३० कित्ता सेयर खरिदबिक्री भएका छन् । खरिदबिक्री भएका सबै समूहका सूचक तल झरेका छन् । सबैभन्दा धेरै जीवन बिमा समूह ६२१.८८ अंकले तल झरेको छ । वाणिज्य बैंक समूहमा पनि ५७ अंकको ह्रास आएको छ । 

 सेयर बजार गत हप्तादेखि ओरालो लाग्ने क्रम जारी छ । बजारमा लगानीकर्ताले आत्मविश्वास गुमाउँदा नेप्से गएको जानकारहरु बताउँछन् ।  लगानीकर्तामा कोरोना भाइरसको त्रास बढी देखिएको छ । यसले अर्थतन्त्रमा कति प्रभाव पार्छ भन्ने विश्वव्यापी त्रासले लगानीकर्ताहरु बढी त्रसित भएका हुन् ।

सेयर बजार तलमाथि गरिरहन्छ । बिभिन्न घटनाक्रमलाई आधार मानेर बजार घट्ने वा बढ्ने सेयर बजारको नियम नै हो । बजार एक दिन अवश्य नै बढ्छ । घटेको बजार सधै स्थीर नै रहदैन, अवश्य बढ्नेछ । लगानीकर्ताहरुमा मनोबल उच्च भए शेयर बजार आफै उकालो चढ्नेमा कुनै दुबिधा नै छैन ।

 त्रसित हुनुभन्दा पनि कम्पनीहरुको वित्तीय अवस्था अध्ययन गरी सकेसम्म दीर्घकालीन हिसाबले लगानी गर्न सकेमा शेयर बजारबाट राम्रै प्रतिफल लिन सकिन्छ । 

नेप्सेकोे कारोबार अवधि अबदेखि ५ घन्टा पुर्याएको छ । यसले पनि बजार माथि धकेल्ने अनुमान लगाउन सकिन्छ