गभर्नर नियुक्तिमा राजनीतिकरण, सिफारिस समिति नाम मात्रै - हिमालयन शम्शेर

Mar Sun 2020 07:39:30

968 views

गभर्नर नियुक्तिमा राजनीतिकरण, सिफारिस समिति नाम मात्रै - हिमालयन शम्शेर

काठमाडौं ।  गभर्नर नियुक्तिमा चरम राजनीतिकरण हुन थालेको संस्थापक गर्भनर हिमालयन शमशेर जबराले बताएका छन् ।

बैंकिङ क्षेत्रको वर्तमान अवस्था तथा राष्ट्र बैंकका लागि भावी नेतृत्व विषयक कार्यक्रममा हमिालयन शमशेरले गभर्नर सिफारिस समितिमा आफू २ ३ पटक नै बसेको तर समिति  नाम मात्रै औपचारिकता पूरा गर्न भएको बताए । सिफरिस समिति औपचारिकताका लागि मात्रै हो ।

 दुई दिन अगाडी समिति बनेर एक(दुई वटा बैंठक बसेपछि आफु अनुकुलको व्यक्ति सिफारिस हुने गरेको छ । चरम राजनीतिककरण हुन थालेको छ, यसले बित्तिय शुसासन ल्याउदैन, दक्ष र अनुभवीलाई प्राथमिकता दिनुपर्ने उहाँको सुझाव छ ।

राणाले भने ‘राष्ट्र बैंकको गभर्नर नाम चलेको, बैंकिङ क्षेत्रले आदर र विशवास गर्ने र अर्थशास्त्र तथा वित्तीय क्षेत्रको राम्रो ज्ञान भएको व्यक्ति गभर्नर हुनुपर्छ ।