थाहा छ ! बजार ब्रोकरहरुले सुनियोजित ढंगले यसरी घटाइरहेका छन्

Mar Mon 2020 09:39:23

1871 views

थाहा छ ! बजार ब्रोकरहरुले सुनियोजित ढंगले यसरी घटाइरहेका छन्

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सातको तेश्रो दिन मंगलवार पनि घटेको छ । 

नेप्से ४४.३३ अंकले घटेर १ हजार २ सय ७२ दशमलव ६ विन्दुमा थामिएको छ भने १ अर्ब ४६ करोड ५१ लाख ८४ हजार ६५६ को शेयर कारोबार भएको छ । 

आज कारोबारमा भएका मध्ये म्युचअल फण्ड समूह बाहेक सबै समूह राताम्मे भएका छन् । सबैभन्दा बढी जीवन बीमा ४२६ अंकले ओरालो लागेको छ । त्यस्तै, निर्जीवन बीमा ३३८ र उत्पादनमूलक समूह ११५ अंकले ओरालो लागेका छन् भने बाँकी समूह दोहोरो अंकले घटेका छन् ।

सोमबार १८ अंकले बढेको नेप्से परिसूचक ३.३५ अंकले बढेर १३१६.३९ को विन्दूमा फर्किएको छ ।  

बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर लगातार घटाइरहेका छन् र तरलता छैन । फेरि अहिलेसम्म नेपालमा कोरोनाको असर छैन । यस अबस्थामा नेपालको शेयर बजार बढ्नुपर्ने हो, विश्लेषकहरु भन्छन् तर पनि बजार धैरै अंकले घट्ने झिनो अंकले मात्र बढ्ने भइरहेको छ ।

यस अर्थमा बजार ब्रोकरहरुले नै सुनियोजित ढंगले घटाइरहेका आरोप विश्लेषकहरुको छ । 

कारोबार अवधि बढाउने धितोपत्र बोर्डको नीतिलाई ब्रोकरहरुले भित्रभित्रै असहयोग समेत गरिरहेका लगानीकर्ताकाहरु  बताउँछन् ।

धितोपत्र बोर्ड जुनसुकै मूल्य चुकाएर भए पनि ब्रोकर कमिसन घटाउने तयारीमा छ । ५० वटा ब्रोकरहरुको संख्या बढाएर १०० पुर्याउने र बैंकलाई पनि ब्रोकर लाइसेन्स दिने कुरा बिरुद्ध समेत कतिपय ब्रोकरले बजार घटाउन चलखेल गरिरहेका आरोप लाग्दै आएको छ ।