राष्ट्र बैंकद्धारा नयाँ कर्मचारी सेवा विनियमावली २०७६ जारी, कर्मचारीले अनिवार्य पालना गर्नैपर्ने ८ नियमहरु यस्ता

Mar Mon 2020 10:31:41

1110 views

राष्ट्र बैंकद्धारा नयाँ कर्मचारी सेवा विनियमावली २०७६ जारी, कर्मचारीले अनिवार्य पालना गर्नैपर्ने ८ नियमहरु यस्ता

राष्ट्र बैंकद्धारा जारी कर्मचारी सेवा विनियमावली २०७६ को परिच्छेद – ८ मा बैंक तथा वित्तीय संस्थाका कर्मचारीले पालना गर्नुपर्ने आचरण र अनुशासन सम्बन्धी ब्यबस्था रहेको छ ।

समय पालन र नियमितता
(१) कर्मचारीको सबै समय बैंक तथा वित्तीय संस्थाको अधीनमा हुनेछ र कार्यालय प्रमुखले जुनसुकै समयमा पनि निजलाई बैंक तथा वित्तीय संस्थाको काममा लगाउन सक्नेछ ।
सबै कर्मचारीले यस विनियमावली तथा प्रचलित कानूनमा उल्लेख भएको कसुरजन्य कार्य वा खराव आचरण गर्नु हुँदैन ।

अनुशासन र आज्ञा पालन
(१) कर्मचारीले समय समयमा तोकिएको कार्य तोकिएको स्थान, समय र अवस्थामा अनुशासनमा रही आफ्नो कर्तव्यको पालना, परिश्रम र तत्परताका साथ सम्पादन गर्नु पर्नेछ ।
(२) कर्मचारीले आफ्नो काम सम्बन्धी विषयमा आफुभन्दा माथिको कर्मचारीले दिएकोआदेशलाई शीघ्रताका साथ सम्पादन गर्नु पर्नेछ ।

इमान्दारी
(१) कर्मचारीले आफ्नो जवाफदेहीता अन्तर्गतको कार्य सम्पादन गर्दा सदैव बैंक तथा वित्तीय संस्थाको भलो चिताई इमान्दारी तथा बफादारीका साथ गर्नु पर्नेछ ।

व्यापार व्यवसाय
(१) अख्तियार प्राप्त अधिकारीको पूर्व स्वीकृति विना कुनै पनि कर्मचारीले कुनै निकायमा वा अन्यत्र काम गर्न वा व्यापार, व्यवसाय गर्न वा फर्मको हिस्सेदार बन्न पाउने छैन ।
(२)  सेवामा रहेका कर्मचारीले साहित्यिक, कलात्मक, ऐतिहासिक वा वैज्ञानिक प्रकृतिकोकार्य गर्न सक्नेछ ।

गोपनियता
(१) प्रचलित कानून अनुसार दिनु पर्ने भएमा वा दिन वाध्य पारेको अवस्थामा बाहेक कुनै पनि कर्मचारीले बैंक तथा वित्तीेय संस्था र यसका व्यवसायसँग सम्बन्धित कागजात, जानकारी तथा सूचना अन्य व्यक्तिलाई दिन पाउने छैन ।

राजनीति वा चुनावमा भाग

प्रतिनिधित्व गर्नमा प्रतिबन्ध
(१) कर्मचारीले आफुलाई मर्का परेको विषयमा प्रचलित कानून बमोजिम आफै वा वारिस मार्फत सम्बन्धित निकाय वा पदाधिकारी समक्ष निवेदन दिन वाहेक अन्य कर्मचारी वा समुहको प्रतिनिधित्व गर्न पाउने छैन । तर प्रचलित कानून बमोजिम दर्ता भएको कर्मचारी युनियनको तर्फबाट प्रतिनिधित्व गर्दा यस विनियमले वाधा पुर्याएको मानिने छैन ।

प्रदर्शन र हडताल गर्नमा प्रतिबन्ध

कर्मचारीले माथि उल्लिखत लेखिएको कुनै कुरा उल्लंघन गरेमा निज उपर कारबाही गरिने विनियमावलीमा उल्लेख छ । विनियमावलीको परिच्छेद ९ मा कारबाहीसम्बन्धी व्यवस्था छ ।