Mar Tue 2020 07:20:52
7986 views
धितोपत्र बोर्डले एनआइसी एशिया लघुवित्त वित्तीय संस्थालाई ४७ लाख ५५ हजार कित्ता आइपीओ निश्कासनको अनुमति दिएको छ। यसबाट लघुवित्त वित्तीय संस्थाको सेयर प्रतिकित्ता रु। १०० मै पाउने अवसर पाइने भएको छ ।
कम्पनीले प्रतिकित्ता रु। १०० रुपैयाँ दरले कुल ४७ करोड ५५ लाख रुपैयाँ बराबरको पूँजी सर्वसाधारणबाट जुटाउनका लागि आइपीओ निश्कासन गर्नेछ ।
कम्पनीले जारी गर्न लागेको आइपीओको आकार नेपालका माइक्रोफाइनान्स कम्पनीहरुले हालसम्म जारी गरेका आइपीओमध्येकै ठूलो हुनेछ ।