बैंक तथा वित्तीय संस्थाका संचालक तथा सिइओ हुनका लागि नयाँ योग्यता तोकियो

Mar Wed 2020 06:56:37

1174 views

बैंक तथा वित्तीय संस्थाका संचालक तथा सिइओ हुनका लागि नयाँ योग्यता तोकियो

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतको योग्यता संशोधन गरेको छ ।  

मुल विनियमावलीको विनियम ३ को उपविनियम क को बुँदा९इ०को सट्टा व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, गणितशास्त्र, व्यापार प्रशासन, जनप्रशासन, कानून, सूचना प्रविधि वा कम्प्युटर विज्ञान विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनेपर्ने व्यवस्था गरेको छ ।

यस्तै वाणिज्य बैंक र राष्ट्रियस्तरको विकास बैंकको हकमा व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, गणितशास्त्र, व्यापार प्रशासन, जनप्रशासन, कानून, सूचना प्रविधि वा कम्प्युटर विज्ञान विषयमा स्नातकोत्तर उपाधि हासिल गरी कुनै विदेशी वा स्वदेशी बैंक तथा वित्तीय संस्था वा सम्बनिधत क्षेत्रका संगठित संस्थाको संचालक वा पदाधिकारी तहमा वा नेपाल सरकारको कम्पनीमा प्रथम श्रेणी वा सो भन्दा माथिको पदमा कम्तीमा तीन वर्षको कार्य अनुभव हासिल गरेको हुने पर्ने व्यवस्था गरेको छ ।