बजार घट्यो ! हतार हतारमा शेयर नबेच्नु पछि पछुताउनुपर्ला

Mar Wed 2020 07:04:38

389 views

बजार घट्यो !  हतार हतारमा शेयर नबेच्नु पछि पछुताउनुपर्ला

नेपाल धितोपत्र बोर्डले लगानीकर्तालाई हतोत्साहित नभई लगानीको निर्णय गर्न लगानीकर्तालाई आग्रह गरेको छ । केहि दिन यता दोस्रो बजारको कारोबारका सम्बन्धमा आएका समाचार तथा बजारको अवस्थाप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै बोर्डले हतोत्साहित नहुन आग्रह गरेको हो ।

बजारलाई सुक्ष्म रुपले अध्ययन गरिरहेको बताउदै बोर्डले बजारलाई बजारको रुपमा नै चल्न दिनु पर्ने बताएको हो । बोर्डले कोरोना भाइरसको प्रकोप बजारमा नरहेको र प्राथमिक र दोस्रो बजार सुधारका कार्य गरिरहेकोले हतोत्साहित नहुन लगानीकर्तालाई आग्रह गरेको हो ।

बोर्डले लगानीकर्ताले हतार हतारमा शेयर बिक्रि गर्ने निर्णय नगर्न समेत आग्रह गरेको छ । बोर्डले हल्लाको पछाडी नलागी सुझबुझ तरिकाले लगानीको निर्णय गर्न विशेष आग्रह गरेको समेत गरेको छ ।