अत्यावश्यक सेवा दिने बैंक तथा वित्तीय संस्था बन्द नहुने

Mar Fri 2020 07:23:14

1181 views

अत्यावश्यक सेवा दिने  बैंक तथा वित्तीय संस्था बन्द नहुने

प्रधानमन्त्री ओलीले देशबासीको नाममा सम्बोधन गर्दै चैत्र ९ देखि २१ गते सम्म अत्यावश्यक सेवा प्रदान गर्ने बाहेक सबै सरकारी एवम् निजी कार्यायलहरु बन्द गर्ने बताएका छन् ।

तर, बैंक तथा वित्तीय संस्थाहरु भने यो अवधिमा पनि नियमित सुचारु हुनेछन् । बैंक तथा वित्तीय संस्थाहरुले अत्यावश्यक सेवा प्रदान गर्नुपर्ने भएको हुँदा खुल्ने बै‌करहरुले जनाएका छन् ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले कोरोनाको संक्रमण रोकथाम तथा आम जनतालाई सुरक्षित राख्‍नको लागि नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय उडान स्थगित गर्ने घोषणा गरेका छन् ।