अब निःशुल्क बैंकिङ सुबिधा, जुनसुकै बैंकको एटीएमबाट पैसा झिक्न शुल्क लााग्दैन

Mar Fri 2020 07:55:40

832 views

अब निःशुल्क बैंकिङ सुबिधा, जुनसुकै बैंकको एटीएमबाट पैसा झिक्न शुल्क लााग्दैन

एटीएम, इन्‍टरनेट र मोबाइल बैंकिङ निःशुल्क

अब जुनसुकै बैंकको एटीएमबाट पैसा निकाले पनि थप शुल्क नलाग्ने भएको छ । नोभल कोरोना भाइरस कोभिड-१९ संक्रमणको जोखिम बढ्दै गएपछि बैंक तथा वित्तीय संस्थाहरुले निःशुल्क कारोबारको सुविधा दिने भएका हुन्।

यसअघि एउटा बैंकको कार्ड अर्को बैंकको बुथमा प्रयोग गर्दा शुल्क लाग्ने व्यवस्था थियो। अब वाणिज्य बैंक, विकास बैंक वा फाइनान्स कम्पनीमध्ये कुनै पनि संस्थाको कार्ड अर्को जुनसुकै संस्थाको बुथमा प्रयोग गर्न सकिने भएको छ।

बैंक शाखा कार्यालयमा मानिसहरुको भीड कम होस् भनेर बैंकहरुले विद्युतीय कारोबारलाई जोड दिएका छन्। यसका लागि मोबाइल बैंकिङ र इण्टरनेट बैंकिङमा पनि शुल्क मिनाहा गर्ने निर्णय भएको छ। नेपाल क्लियरिङ हाउसले प्रदान गर्ने ‘कनेक्ट आइपीएस’ सेवामा पनि शुल्क नलाग्ने भएको छ। यसअघि इण्टरनेट र मोबाइल बैंकिङको सेवा लिएर पासवर्ड बिर्सिएका वा अन्य कुनै कारणले प्राविधिक समस्यामा परेका ग्राहकले टेलिफोनमार्फत् सोध्न पनि बैंकरहरुले आग्रह गरेका छन्।