बैंकका निश्चित शाखाहरु मात्र खुल्ने, बैंकको खातामा राखेको पैसा निकाल्ने व्यवस्था के हुन्छ ?

Mar Fri 2020 09:06:54

2716 views

बैंकका निश्चित शाखाहरु मात्र खुल्ने,  बैंकको खातामा राखेको पैसा निकाल्ने व्यवस्था के हुन्छ ?

अत्यावश्यक बाहेक सबै बन्द

प्रधानमन्त्री ओलीले देशबासीको नाममा सम्बोधन गर्दै चैत्र ९ देखि २१ गते सम्म अत्यावश्यक सेवा प्रदान गर्ने बाहेक सबै सरकारी एवम् निजी कार्यायलहरु बन्द गर्ने बताएका छन् ।

तर, बैंक तथा वित्तीय संस्थाहरु भने यो अवधिमा पनि नियमित सुचारु हुनेछन् । बैंक तथा वित्तीय संस्थाहरुले अत्यावश्यक सेवा प्रदान गर्नुपर्ने भएको हुँदा खुल्ने बै‌करहरुले जनाएका छन् ।

बैंकहरुको सेवा पूर्ण रुपमा बन्द हुदैन, पालोपैंचो गरेरै भए पनि खातामा राखेको पैसा निकाल्ने व्यवस्था हुन्छ भनेर काम गर्भनर चिन्तामणि सापकोटाले बताए । खातामा राखेको पैसा ग्राहकले जसरी पनि झिक्न पाउँछन्, पालोपैंचो गरेर होस् वा काउण्टर चलाएर होस्, पैसा खातामा राखेको मान्छेले चाहिएको बेला पैसा झिक्न  व्यवस्था हुने कामु गर्भनरले स्पष्ट पारेका छन् ।

कामु गभर्नरको भनाईबाट बैंकका निश्चित शाखाहरु खुल्ने, निक्षेप कारोबार बाहेकका गतिविधि केही दिनसम्म बन्द हुने संभावना अधिक देखिन्छ ।