बैंकको काउण्टरमा काम गर्नेहरु होशियार ! नोटबाट कोरोना भाइरस सर्नसक्छ

Mar Sat 2020 04:56:17

803 views

बैंकको काउण्टरमा काम गर्नेहरु होशियार ! नोटबाट कोरोना भाइरस सर्नसक्छ

बैंकको काउन्टरमा भिड बढ्दा र पैसाको कारोबार गर्दा संक्रमणको उच्च जोखिम हुन्छ  । काउन्टरमा हुने ग्राहकको भिडले पनि कोरोना भाइरस फैलाउन सक्ने भन्दै डिजिटल बैंकिङ कारोबार प्रोत्साहन गर्नुपर्ने बैंकर्स संघले जनाएको छ ।

अध्ययनले पैसाबाट पनि विभिन्न प्रकारका भाइरस सर्ने सम्भावना अधिक भएको पुष्टि गरिसकेको छ । न्यूयोर्क युनिभर्सिटिले गरेको एक अध्ययनअनुसार पैसामा पनि ‘सुक्ष्म जीव’ बाँच्न र हुर्कन उपयुक्त वातावरण भएको प्रमाणित भइसकेको छ । चिकित्सकहरुले पनि कुनै पनि भाइरसका जीवाणु पैसामा करिब दुई सातासम्म जीवित रहनसक्ने बताउँदै आइरहेका छन् ।

पैसामा तीन हजार भन्दाबढी प्रकारका कीटाणु जस्तै भाइरस, व्याक्टेरिया, सामान्य कीटाणु, ढुसी देखा परेका छन् । त्यस अध्ययनमा बैंकबाट निकालिएको पैसामा आठ प्रकारका व्याक्टेरिया देखिएका थिए । अध्ययनअनुसार तरकारी बजार, मासु पसल, पान पराग पसल, पेट्रोल पम्प, जुत्ता सिलाउने पसल र माग्नेसँग भएको नोटमा शतप्रतिशत जीवाणु हुने पुष्टि भएको छ ।