Mar Sat 2020 05:20:36
1108 views
विश्वकै सेयर बजारमा उच्च गिरावट आएको छ । अमेरिकी सेयर बजारमा करिब १० प्रतिशतले गिरावट आउँदै सन् १९८७ यताकै खराब कारोबारको दिनको रुपमा रेकर्ड राखेको छ ।
अमेरिकी उच्च ३० कम्पनीहरुको कारोबार मापन गर्ने डाओ जोन परिसुचकमा विहीबार १० प्रतिशत बढीको गिरावट आएको छ । यो संगै सन् २०२० भरीमा डाओ जोनमा २५ दशमलव ७१ प्रतिशतको गिरावट आइसकेको छ ।
कोरोना भाइरस र युरोपेली देशसंग हवाई सम्बन्घ विच्छेद गर्ने राष्ट्रपति ट्रम्पको निर्णलाई बजार गिरावटको प्रमुख कारणको रुपमा लिईएको छ ।
डाओ जोनको अन्तिम परिसुचक २१ हजार २ सय कायम भएको छ । उता उच्च ५०० कम्पनीको कारोबार मापन गर्ने एसएण्डपी परिसुचकमा पनि विहीबार करिब १० प्रतिशतको हाराहारीमै गिरावट आयो ।
अन्तिम सुचकमा २ हजार ४ सय ८० कायम भएको यो परिसुचकमा दिनभरमा ९ दशमलव ५१ प्रतिशतको गिरावट आएको छ । विहीबार सम्पूर्ण परिसुचकमा १० प्रतिशतको गिरावट आएपछि लगानीकर्ताहरु थप आतंकित बनेका छन् ।