सिटिजन्स बैंक इन्टरनेशनलले सहयोगी विकास बैंकलाई गााँभ्ने प्रक्रिया केही समय लम्बिने भएको छ । सहयोगी विकास ऐक्यार गर्नका लागि सिटजन्स बैकको बोलाइएकोे पाँचौ विशेष साधारणसभा कारोना भाइरस महामाीका कारण स्थगित भएपछि प्रक्रिया लम्बिने भएको हो ।
सहयोगी विकास बैंकको १०० कित्ता सेयरलाई सिटिजन्स बैंकको ९१.७५ (१ः०।९१७५) कित्ता सेयर दिने गरी सेयर स्वाप सेयर कायम गर्ने र सहयोगी विकास बैंकलाई प्राप्ति गर्ने स्वीकृति प्रदान गर्ने विषय विशेष साधारण सभाबाटै पारित गर्नुपर्नेछ ।
सिटिजन्सले सहयोगीलाई प्राप्ति गर्न गत असार २२ मा दुवै पक्षबीच गरिएको सहमतिलाई नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति दिन बाँकी छ । सहयोगीलाई प्राप्ति गर्न गरिएको अन्तिम सम्झौतालगायत संयुक्त मर्जर तथा एक्विजिसन समितिबाट भए गरेका कामकारबाहीहरु सभाबाट अनुमोदन गर्नेुपर्नेछ ।
सहयोगी विकास बैंकलाई प्राप्ति गरेपछि सिटिजन्स बैंकको जारी तथा चुक्तापुँजी साबिकको ८ अर्ब ६२ करोड २१ लाख ९६ हजार ७१६ बाट वृद्धि भई ९ अर्ब ८ करोड ९८ लाख १७ हजार २९० रुपैयाँ हुनेछ ।