नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोशियसन तथा वित्त कम्पनी संघले संयुक्त विज्ञप्ति जारी गर्दै विभिन्न विद्युतिय माध्यमबाट गरिने कारोबार नि:शुल्क गर्ने निर्णय गरेको छ।
बैंक तथा वित्तीय संस्थाको शाखा कार्यालयमा हुने भिडभाडलाई कम गर्न बैंक तथा वित्तीय संस्थाहरुले अनलाइन कारोबारलाई बढी प्रोत्साहन गरेका हुन्।
एक बैंक तथा वित्तीय संस्थाको एटिएम कार्ड अन्य बैंक तथा वित्तीय संस्थाको एटिएममा प्रयोग गर्दा समेत कुनै शुल्क नलाग्ने विज्ञप्तिमा उल्लेख छ।