बैंक तथा वित्तीय संस्थाहरुले भने बैंकिङ सेवा नियमित गर्ने गर्ने भएका छन् । वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरु सबैले सबै शाखा कार्यालयहरुका काउन्टर सुचारु राख्ने भएका हुन् ।
‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका विकास बैंक, ‘ग’ वर्गका वित्त कम्पनीहरुको संयुक्त बैंठक बसी जुनसुकै बैंकको एटिएम कार्डले जुनसुकै एटीएमबाट रकम निकाल्दा पनि पैसा नलाग्ने बनाएका छन् । साथै डिजिटल कारोबार गर्दा पनि रकम नलाग्ने बनाएका छन् ।
अब इन्टरनेट बैंकिङबाट रकम ट्रान्सफर गर्दा सेवा शुल्क लाग्ने छैन । यसकारण पनि बैंकको शाखामा पुगेर भन्दा घरमै बसेर कारोबार गर्न संघको आग्रह छ ।