बैंक तथा वित्तीय संस्थालाई कम कर्मचारीबाट सेवा सुचारु गर्न यस्तो निर्देशन

Mar Sun 2020 12:34:16

बैंक तथा वित्तीय संस्थालाई कम कर्मचारीबाट सेवा सुचारु गर्न यस्तो निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सकेसम्म कम कर्मचारीबाट सेवा सुचारु गर्न निर्देशन दिएको छ ।

सिफ्टमा कर्मचारी परिचालन, घरबाट काम गर्ने व्यवस्था र परबाट सेवा प्रदान गर्न सक्ने व्यवस्था अपनाउन राष्ट्र बैंकले सुझाव दिएको छ ।

नेपाल सरकारले बैंकिङ सेवालाई अत्यावश्यक सेवामा राखेको भन्दै सेवा सुचारु राख्न, सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीको स्वास्थ्य सुरक्षा तथा संक्रमणको सम्भावनालाई न्यूनीकरण गर्न आवश्यक स्वास्थ्य सुरक्षाका न्यूनतम उपाय अनिवार्य रूपमा अबलम्बन गर्न  भनेको छ ।