मोवाइल बैंकिङ कारोबारको सीमा बढ्यो, मोबाइल कारोबारका नयाँ व्यवस्थाहरु यस्तो छ

Mar Sun 2020 04:45:29

1247 views

मोवाइल बैंकिङ कारोबारको सीमा बढ्यो, मोबाइल कारोबारका नयाँ व्यवस्थाहरु यस्तो छ

नेपाल राष्ट्र बैंकले मोवाइल बैंकिङ र वालेटबाट हुने भुक्तानी कारोबारको सीमा बढाएको छ ।

मोवाइल बैंकिङ कारोबारको सीमा अब प्रतिदिन एक लाख र प्रतिमहिना १० लाख रुपैयाँ पुर्याइएको छ। यस अघि प्रतिदिन ५० हजार रुपैयाँ र प्रति महिना २ लाख रुपैयाँमात्रै थियो ।

इन्टरनेट बैंकिङमा मर्चेन्ट पेमेन्टको प्रतिदिन १० लाख र प्रति महिना ३० लाख रुपैयाँ तोकिएको छ भने खाता ट्रान्सफरका लागि दैनिक १० लाख रुपैयाँ र प्रतिमहिना ५० लाख रुपैयाँसम्म कारोबार गर्न पाइन्छ ।

यसैगरी वालेटबाट अन्य बैंक खातामा कारोबार बढाएर प्रतिकारोबार २५ हजार, प्रतिदिन १ लाख र प्रति महिना ५ लाख रुपैयाँसम्मको सीमा राष्ट्र बैंकले तोकेको घिमिरेले बताए । उनका अनुसार यस अघि प्रति कारोबार भनेर तोकिएको थिएन भने प्रतिदिन २५ हजार रुपैयाँ र प्रतिमहिना ५० हजार रुपैयाँमात्रै कारोबार गर्न पाइन्थ्यो ।

एक वालेटबाट अर्को वालेटमा ट्रान्सफर गर्ने सीमा पनि र प्रतिकारोबार २५ हजार, प्रतिदिन १ लाख र प्रति महिना ५ लाख रुपैयाँ नै तोकिएको छ ।