लकडाउनमा के हुन्छ ? के गर्ने के नगर्ने ? लकडाउन’ नेपालीका लागि नयाँ शब्द

Mar Mon 2020 09:49:59

1000 views

लकडाउनमा के हुन्छ ? के गर्ने के नगर्ने ? लकडाउन’ नेपालीका लागि नयाँ शब्द

सरकारको चैत्र ११ गतेदेखि १८ गतेसम्म एक सातासम्म पूर्णरुपमा देशभर ‘लकडाउन’ गर्ने निर्णय छ ।  विभिन्न प्रदेश र स्थानीय तहले आफ्नो क्षेत्रमा ‘लकडाउन’ को घोषणा गरेका छन् ।

लकडाउन’ नेपालीका लागि नयाँ शब्द हो । यसअघि नेपालमा कहिले पनि ‘लकडाउन’ गर्नुपरेको थिएन । अहिले हुने चर्चा भएको ‘लकडाउन’ कोरोनाको महामारी एक स्थानबाट अर्को स्थानसम्म नफैलियोस् भन्नका लागि अपनाइएको कठोर सुरक्षा नीति हो ।

त्यसैले कतिपय सरकारी अधिकारीहरु पनि ‘लकडाउन’मा के हुन्छ भन्न सक्ने अवस्थामा छैनन् ।

जानकारहरुका अनुसार यो कानुनी भन्दा पनि जनताकै हितमा सरकारले लिएको निर्णय हो । जो जहाँ छ, त्यहीँ बस्ने, अत्यावश्यकबाहेक घरबाट बाहिर ननिस्कने, कतै नजाने, कसैसँग भेटघाट नहोस् भन्नका लागि नै ‘लकडाउन’ गरिएको हो । 

नेपाल प्रहरीका एक अधिकारीका अनुसार ‘लकडाउन’ प्रहरीका लागि पनि नयाँ हो ।

हामीले विश्वमा फैलिएको महामारीले तपाईँलाई पनि असर गर्न सक्छ । त्यसैले बाहिर ननिस्कनुस्, घरभित्रै बस्नुस्, अनावश्यक भेटघाट नगर्नुस् भनेर सम्झाउने मात्रै हो । घरबाहिर निस्कनेलाई कारवाही नै गर्न भने मिल्दैन । यसमा पक्राउ गर्ने र कानुनी उपचार खोज्ने भन्ने पनि हुँदैन ।

‘लकडाउन’ को मुख्य उद्देश्य भनेकै मानिसको भीड कम गर्नु हो । त्यही नीतिअनुसार नेपालमा पनि सरकारले यसअघि नै २५ जनाभन्दा बढी भेला हुन नपाइने निर्णय गरिसकेको छ । 

यसबाहेक स्कुल, कलेज, डान्सबार, जिम, सिनेमा हल, सभा समारोह पनि तत्कालका लागि स्थगित भइसकेका छन् ।