कोरोनाबाट बच्न हिमालयन बैंकमा स्यानिटाइजर तथा तापक्रम जाँच्ने उपकरण प्रयोग गरिदै

Mar Sun 2020 11:17:23

1612 views

कोरोनाबाट बच्न हिमालयन बैंकमा स्यानिटाइजर तथा तापक्रम जाँच्ने उपकरण प्रयोग गरिदै

हिमालयन बैंकले कोरोना भाइरसबारे बच्न आफ्ना कर्मचारीहरु तथा ग्राहकहरुको  तापक्रम जाँच्ने उपकरण प्रयोगमा ल्याएको छ । साथै स्यानिटाइजर समेत प्रयोग गरेको छ । बैंकले सबै शाखाहरुमा कर्मचारी तथा ग्राहकहरुका लागि आवश्यक स्यानिटाइजर राखी प्रयोग गर्न समेत भनेको छ ।


कोरोनाबाट बच्ने पहिलो उपाय भनेकै सचेतना र सावधानी भएकोले बैंकले स्यानिटाइजर र तापक्रम नाप्ने उपकरण प्रयोगमा ल्याएको जनाएको छ । बैंक अत्यावश्यक क्षेत्र भएको र यहाँ सबै क्षेत्रका ग्राहकरु आउने एवं पैसाको कारोबार बढी हुने भएकोले जुनसुकै किटाणु भाइरसहरु छिटो सर्न सक्ने भएकोले सधैजसो स्वास्थ्य सुरक्षामा बैंकहरुले ध्यान दिनुपर्ने हुन्छ ।