लकडाउनमा बेला बैंकिङ तथा वित्तीय क्षेत्रमा सुरक्षा चुनौती !

Mar Wed 2020 06:09:29

933 views

लकडाउनमा बेला बैंकिङ तथा वित्तीय क्षेत्रमा सुरक्षा चुनौती  !

 अधिकांश बैंकिङ तथा वित्तीय संस्थाहरु बन्द किन छन् ?

लकडाउनका बेला धैरैजसो बैंक  तथा बित्तिय संस्थाहरु बन्द छन् । बैंकिङ क्षेत्रले सेवाको प्रतिबद्धता प्रकट गरेर केही बैंकले शाखा संचालन गरेका छन् । तर पनि संवेदनशील यस्तो अबस्थामा बैकिग क्षेत्रमा बित्तिय र प्राविधिक सुरक्षाको चुनौती हुन्छ ।  ग्रामिण क्षेत्रका बित्तिय संस्था तथा शाखाहरु पूर्ण रुपमा प्राविधिक रुपमा सक्षम हुदैनन् ।

कतिपय अबस्थामा सिसि क्यामेरालाई चुनौती दिएरै वा कुनै पनि माध्यमबाट बैंकिङ क्षेत्रमा लुटपाट हुने गरेका छन् । संवेदनशील अबस्थामा अपराधिक समूहले मौका कुरेर बसेको हुनसक्छ र अपराधिक घटाउन सक्छ । तसर्थ यस्तो लकडाउनको बेला  बैंकिङ तथा वित्तीय क्षेत्रको सुरक्षा चुनौती बढी छ । यसअर्थ यस्तो बेला सरकार र सरोकारवाला निकायले बैंकिङ तथा वित्तीय क्षेत्रको सुरक्षामा सजग अपनाउन जरुरी देखिन्छ ।