बैकका शाखा खोल्न राष्ट्र बैंकद्धारा बैंक तथा वित्तहरुलाई यस्तो निर्देशन

Mar Wed 2020 08:27:11

887 views

बैकका शाखा खोल्न राष्ट्र बैंकद्धारा बैंक तथा वित्तहरुलाई यस्तो निर्देशन

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि नौ बुँदे निर्देशन जारी गरेको छ 

निर्देशन सूचनामा बैंकवित्तबाट हुने नगद कारोबारको सूनिश्चितता मिलाउन तथा सकेसम्म थोरै कर्मचारीबाट सेवा प्रदान गर्न एवं डिजिटल सेवामा जोड दिन र एटीएमहरुमा प्रसस्त रकम जम्मा गर्न बैंकवित्तलाई निर्देशन दिइएको छ ।

सर्बसाधारणलाई बैंकमा राखेको रकम निकाल्न सहज बनाउन राष्ट्र बैंकलेयस्तो  निर्देशन दिइएको छ । एटीएम उपलव्ध नभएका ठाउँहरुमा विहान ११ बजेदेखि १ दिउँसो बजेसम्म शाखा खोल्न भनिएको छ । राष्ट्र बैंकले १८ गतेसम्मका लागि  सूचना जारी गरेको हो ।

 त्यसैगरी प्रत्येक प्रदेशका स्थानीय सरकारसँग समन्वयन गरेर सकेसम्म केही शाखाहरु नियमित रुपमा थोरै कर्मचारीद्धारा संचालनमा ल्याउन भनिएको छ । बैंक वित्तले खुल्ने शाखाको बारेमा विवरण बनाई शाखामा रहने व्यक्तिको नाम र नम्मर सहित उल्लेख गरी सबै बैंकका शाखामा सुचना टाँस गर्न एवं आफ्नो वेभसाइटमा समेत राख्न भनिएको छ ।

यसबाहेक भन्सारबाट प्राप्त हुने चेक क्लियरिङको व्यवस्था मिलाउन एवं अत्यावश्यक बस्तुहरुको आपूर्तिलाई सुनिश्चितता प्रदान गर्न तथा ड्राफ्ट, टिटि, प्रतीतपत्र, ग्यारेन्टी जस्ता कारोबारहरु सञ्चालन गर्न निर्देशन दिइएको छ । राष्ट्र बैंकले “घ” वर्गका वित्तीय संस्था अर्थात लघुवित्तलाई समेत सकेसम्म शाखा खोलेर सेवा दिन निर्देशन गरेको छ ।