मंगलबार देखि शेयर बजार निश्चित समयका लागि खुल्ने भो

Mar Wed 2020 09:08:05

1370 views

मंगलबार देखि शेयर बजार निश्चित समयका लागि खुल्ने भो

कोरोना भाइरसको संक्रमणका कारण ५  दिनका लागि बन्द भएको शेयर बजार मंगलबार देखि निश्चित समयमा लागि खुल्ने  भएको छ ।

सरोकारवालाहरुको चर्को विरोधपछिअर्थमन्त्रालयमा भएको उच्च स्तरीय वित्तीय समन्वय समितिको बैंठकले बैंक, बिमा, शेयर बजार, सहकारी, कम्पनी रजिष्ट्रारको कार्यालयमा मार्फत आधारभुत सेवा सकेसम्म प्रदान गर्ने निर्णय भएको छ ।

सोही बैंठकलाई आधार मानेर न्यूनतम कर्मचारीवाट शेयरको कारोबार पनि न्यूनतम समयमा लागि दिइने संकेत देखिएको हो ।

धितोपत्र बोर्डले अहिलेका लागि बन्द रहेको शेयर बजारको सन्दर्भमा कुनै निर्णय नगरेको भएपनि आगामी दिनमा के गर्ने भन्ने सन्दर्भमा मंगलबार निर्णय हुने जनाएको छ ।