चैत मसान्तससम्म कर्जाको सावा ब्याजमा छुट हुने

Mar Wed 2020 09:31:17

783 views

चैत मसान्तससम्म कर्जाको सावा ब्याजमा छुट हुने

सरकारले कोरोनाबाट प्रभावित व्यवसायको कर्जाको सावा तथा ब्याज असुली चैत मसान्तससम्म नलिने निर्णय गरेको छ ।  नेपाल राष्ट्र बैंकले प्रभावित व्यवसायहरुको पहिचान गरी यो सुविधा दिनेछ । यस्तो सुविधा गैरबैंकिङ वित्तीय संस्थाका ऋणीले पनि पाउनेछन् ।

अर्थमन्त्री युवराज खतिवडाको अध्यक्षतामा बसेको वित्तीय क्षेत्र व्यवस्थापन समन्वय समितिको बैठकले बैंकिङ, बीमा, धितोपत्र, कम्पनी दर्ता र बचत तथा ऋण परिचालन सम्बन्धी न्युनतम् सेवाहरुलाई निरन्तरता दिने निर्णय पनि गरेको छ ।