विश्वभरका बैंकहरुले ब्याजदर शुन्यमा झार्दै, नेपालका बैंकहरुले ब्याजदर घटाउन के गर्दैछन्

Mar Tue 2020 11:12:11

2058 views

विश्वभरका बैंकहरुले ब्याजदर शुन्यमा झार्दै, नेपालका बैंकहरुले ब्याजदर घटाउन के गर्दैछन्

कोरोना भाइरसका कारण विश्वभर आर्थिक कारोबार निकै कम भएको छ । उद्योग व्यवसायहरु बन्द जस्तै छन् । धनी देशहरुले लकडाउन गरेर बैंकहरुको ब्याज सुन्य प्रतिशतमा झारेका छन् । आर्थिक संकटका बखत अमेरिकाको फेडरल रिजर्भका प्रमुखले ब्याजदर सुन्यमा झार्न विशेष कदम चाले । 

बेलायतमा बैंकहरुले पनि ब्याजदर एक प्रतिशतमुनी झारेका छन् । बैंक अफ इंग्ल्यान्डको ब्याजदर ०.७५ प्रतिशत देखि ०.२५ प्रतिशतमा सिमित पारिएको छ । यो बैंकको इतिहासमै अहिलेसम्मको कम हो ।

कोरोना भाइरसको संक्रमणले विश्वभरका अन्य बैंकहरुले पनि धमाधम ब्याजदर सुन्यको आसपासमा झारिरहेका छन् । यसबाट  नेपालका बैंकहरुमाथि पनि यो दबाब बढेको छ । तर, राष्ट्र बैंकबाट ठोस कदम चालिएको छैन । आर्थिक गतिविधि सुस्त हुँदै गएपछि उद्योग व्यवसायी समस्यमा छन् । कतिपयलाई तलब दिन समस्या परिसकेको छ । तर, सरकारका तर्फबाट बैंक तथा वित्तीय क्षेत्रमा ठोस कदम चाल्ने संकेत नदेखिएकाले संकट गहिरो हुने देखिएको छ ।