बैङ्कर्सहरुको भर्चुअल (अनलाइन) बैठक: एलसी र बैङ्क ग्यारेन्टीको काम घरबाटै गर्न सकिने व्यवस्था

Mar Tue 2020 11:37:02

742 views

बैङ्कर्सहरुको भर्चुअल (अनलाइन) बैठक: एलसी र बैङ्क ग्यारेन्टीको काम घरबाटै गर्न सकिने व्यवस्था

काठमाडौँ । अब बैङ्कमा खोलिने एलसी (प्रतितपत्र) र बैङ्क ग्यारेन्टीको काम समेत अब घरबाटै गर्न सकिने भएको छ । नेपाल बैंकर्स संघको बैठकले अत्यावश्यक वस्तुको आयातका लागि खोलिने एलसी वा लिइने बैङ्क ग्यारेन्टीको काम सम्बधित शाखाका सम्पर्क व्यक्तिको समन्वयमा घरबाटै गर्न सक्ने व्यवस्था मिलाउने निर्णय गरेको हो ।

बैङ्कर्सहरुको भर्चुअल (अनलाइन) बैठक बसेको थियो । सो बैठकले बचतकर्ताहरुले बैङ्कमा जम्मा गरेको बचत सुरक्षित रहेको विश्वास दिलाउँदै त्यस्ता बचतहरु आवश्यक परेको जुनसुकै बेला झिक्नसक्ने व्यवस्था मिलाएको जनाएको छ ।

बैंकले एटीएम काउन्टरहरु खुला राख्ने, एटीएम काउन्टर नभएका शाखाहरु निश्चित अवधिसम्म नगद कारोबारका लागि खुला राख्ने, प्रत्येक शाखाको २ जना कर्मचारीलाई सम्पर्क व्यक्ति तोकेर उनीहरुमार्फत् फोन वा इमेलबाटै सेवा दिने प्रवन्ध मिलाउने निर्णय समेत गरेको छ ।