दुई दिनमै राष्ट्र बैंकबाट तीन अर्ब बाहिरियो, पैसाको जोहो गर्न भन्दै बैंकहरुले रकम निकाले

Mar Wed 2020 05:48:14

946 views

दुई दिनमै राष्ट्र बैंकबाट तीन अर्ब बाहिरियो, पैसाको जोहो गर्न भन्दै बैंकहरुले रकम निकाले

लकडाउन भएपछि बैंकहरुले पैसाको जोहो गर्न थालेका छन् ।  सरकारले आवश्यकबाहेक सबै सेवा बन्द गरेपछि बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकबाट नगद निकाल्ने क्रम बढेको छ ।  अहिलेबैंकका सीमित काउन्टरहरु मात्र चलेका छन् । त्यसैले एटीएमबाट पैसा निकाल्ने काम बढी मात्रामा भएको छ । बिदाको दिन पैसाको दिनमा पैसा जोहो गर्न बैंक तथा बित्तिय संस्थाहरुले गएको आइतबार र सोमबार तीन अर्ब रुपैयाँभन्दा बढी  झिकेको राष्ट्र बैंकले बताएको छ ।

बैंकहरुले राष्ट्र बैंकबाट ल्याएको पैसा बराबर नै ग्राहकले नगद झिकेको भन्ने होइन । राष्ट्र बैंकबाट ल्याइएको पैसा बैंकले सञ्चितका लागि भल्ट मा राख्छन्, केही एटीएम मेसिनमा लोड गर्दछन् । कोरोना भाइरसको आतंकले गर्दा सर्वसाधारणले आफूसँग नगद जोहो राख्नका लागि बढी मात्रामा पैसा झिक्ने गरेका हुँदा बैंकहरुले पनि पैसाको जोहो गर्न राष्ट्र बैंकबाट धेरै रकम झिकेका हुन् ।

यता राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाले विद्युतीय माध्यमबाट कारोबार गर्न प्रोत्साहन गरेका छन् । यसका लागि बैंक तथा वित्तीय संस्थाले सम्पूर्ण विद्युतीय बैंकिङका कारोबारको शुल्क मिनाहा गरेका छन् ।