कोरोना नियन्त्रण तथा उपचार कोषमा हिमालयन बैंकको १ करोड २५ लाख सहयोग

Mar Thu 2020 06:45:38

1061 views

कोरोना नियन्त्रण तथा उपचार कोषमा हिमालयन बैंकको १ करोड २५ लाख सहयोग

विश्व अहिले कोरोना महामारीको चपेटामा छ । त्यसको असर नेपालमा पनि परेको छ र नेपाल २ दिनदेखि लकडाउनमा छ । यस कोरोना महामारीको बिरुद्ध लड्नका लागि हिमालयन बैंकले राहत कोषमा १ करोड २५ लाख प्रदान गर्ने भएको छ । आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले नेपाल सरकारबाट स्थापित कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा सो रकम प्रदान गर्ने बैंकद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।