सबै स्थानीय तहका बैंक खोल्न यस्तो निर्देशन आयो

Mar Thu 2020 02:54:29

सबै स्थानीय तहका बैंक खोल्न यस्तो निर्देशन आयो

काठमाडौं : नेपाल राष्ट्र बैंकले लकडाउनको समयमा सम्भव भएसम्म सबै स्थानीय तहका बैंक शाखा खोल्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। सबै प्रदेशको स्थानीय प्रशासनसँग समन्वय गरी निश्चित समयका लागि प्रत्येक स्थानीय तहमा शाखा खोल्न केन्द्रीय बैंकले निर्देशन दिएको हो।

थोरै शाखा केही घण्टाका लागि मात्रै भए पनि खोलेर सेवा दिन निर्देशनमा भनिएको छ। यसरी खोल्ने शाखामा पनि सकभर कम कर्मचारीबाट सञ्चालन गर्न भनिएको छ। सर्वसाधारणलाई खाद्य सामग्री किन्न, उपचार गर्नजस्ता अत्यावश्यक खर्चका लागि बैंकमा राखेको पैसा निकाल्नुपर्ने हुन्छ।