कोरोनाले विश्व अर्थतन्त्र संकटमा, ४१ खर्ब डलरको नोक्सान हुने एडीबीको अनुमान

Apr Fri 2020 05:05:15

कोरोनाले विश्व अर्थतन्त्र संकटमा, ४१ खर्ब डलरको नोक्सान हुने एडीबीको अनुमान

एडीबीले कोरोना भाइरसको महामारीका कारण विश्व अर्थतन्त्रमा ४१ खर्ब कोरोना भाइरसको महामारीका कारण विश्व अर्थतन्त्रमा ४१ खर्ब डलरको क्षति पुग्ने बताएको छ । एडीबीले अमेरिका, यूरोप लगायतका मुलुकमा देखिएको कोभिड–१९ को महामारीले विश्व अर्थतन्त्रलाई नै समस्यामा पार्न सक्ने चेतावनी दिएको हो ।

डेलीमेलकाअनुसार अहिले एडीबीले गरेको आर्थिक क्षति विश्वको समग्र अर्थतन्त्रको करिब पाँच प्रतिशत बराबर हो । तर, कर्जादाताहरुले भने यो क्षति अझै धेरै हुनसक्ने बताएका छन् ।

एडीबीले यो महामारीको कारण सामाजिक र वित्तीय संकट, स्वास्थ्य स्याहार र शिक्षामा दीर्घकालीन असर पनि पर्न सक्ने उल्लेख गरेको छ । तर, त्यस्ता विषयलाई भने विश्लेषकहरुले क्षतिको आकलनमा प्रयोग गरेका थिएनन् ।

एडीबीले चीनको आर्थिक वृद्धिदर पनि यस वर्ष २ दशमलव ३ प्रतिशतमा प्रक्षेपण गरेको छ । सन् २०१९ मा चीनको आर्थिक वृद्धिदर छ दशमलव १ प्रतिशत थियो ।

एडीबीले एसियाको आर्थिक वृद्धिदर पनि यस वर्ष दुई दशमलव २ प्रतिशत रहने बताएको छ । जुन सन् १९९८ को वित्तीय संकटयताकै कम हो ।