मेगा बैंकबाट गण्डकी र सुदूरपश्चिम प्रदेशलाई ५/५ लाख सहयोग

Apr Fri 2020 09:43:55

694 views

मेगा बैंकबाट गण्डकी र सुदूरपश्चिम प्रदेशलाई ५/५ लाख सहयोग

काठमाडौ । मेगा बैंक नेपाल लिमिटेडले कोरोना भाइरस रोकथामका लागि गण्डकी र सुदूरपश्चिम प्रदेशलाई सहयोग रकम हस्तान्तरण गरेको छ । मेगा बैंक सञ्चालक समितिले गरेको निर्णय अनुसार, गण्डकी र सुदूरपश्चिम प्रदेशमा शुक्रबार ५५ लाख रुपैंयाको चेक हस्तान्तरण गरिएको हो ।

मेगा बैंक गण्डकी प्रदेश प्रमुख कमल कँडेलले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङलाई ५ लाख रुपैंयाको चेक हस्तान्तरण गर्नुभयो । यसैगरी, मेगा बैंक सुदूरपश्चिम प्रदेशका प्रमुख सागर ओझाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ५ लाख रुपैंयाको चेक हस्तान्तरण गर्नुभयो ।

मेगा बैंकले अन्य प्रदेशहरुमा पनि क्रमशः रकम हस्तान्तरण गरिने मेगा बैंकले जनाएको छ ।