अत्यावश्यक वस्तु व्यापारको लागि बैंकबाट पाँच दिनभित्रै ऋण पाइने

Apr Thu 2020 11:56:11

714 views

अत्यावश्यक वस्तु व्यापारको लागि बैंकबाट पाँच दिनभित्रै ऋण पाइने

काठमाडौं ।अत्यावश्यक वस्तुको व्यापार व्यवसाय गर्नको लागि पाँच दिनभित्रै ऋण पाइने भएको छ । कोरोना भाइरसबाट देश प्रभावित भैरहेको अवस्थामा औषधी र सरकारले तोकेका अन्य अत्यावश्यक वस्तुको व्यापार व्यवसायको लागि ऋण लिन चाहेमा पाँच दिनभित्रै पाइने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकको सर्कुलरमा भनिएको छ – कोेभिड १९ को रोकथाम नियन्त्रण तथा उपचारमा प्रयोग हुने स्वास्थ्य सेवा विभागले सूचिकृत एवं सिफारिस गरेका स्वास्थ्योपचार सम्बन्धी वस्तु तथा उपकरणहरु, औषधी, खाद्यान्न लगायत अत्यावश्यक माल वस्तु पैठारी एवं विक्रि वितरण सहज बनाउने प्रयोजनको लागि कर्जाको माग भएमा संक्षिप्त प्रक्रिया पुरा गरी पाँच दिनभित्र कर्जा प्रदान गर्नुपर्नेछ ।त्यस्तै

कोरोना प्रभावित उद्योग व्यवसायीहरुलाई राहत दिन नेपाल राष्ट्र बैंकले नयाँ व्यवस्था गरेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएकाहरुले चैत मसान्तमा तिर्नुपर्ने साँवाब्याज तिर्न नपर्ने व्यवस्था गर्दै व्यवसायीहरुलाई राहत उपलब्ध गराएको हो ।

आइतबार नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको नाममा परिपत्र जारी गर्दै चैत मसान्तमा गर्नुपर्ने सबै भुक्तानीलाई असार मसान्तसम्म भुक्तानी गर्न सकिने व्यवस्था गर्न निर्देशन दिएको छ । चैत मसान्तमा तिर्नुपर्ने त्यस्ता भुक्तानीहरु असार मसान्तसम्म गर्दा त्यसको ब्याजको पुँजीकरण गरिने छैन ।

तर, चैत मसान्तमै त्यस्तो भुक्तानी गर्न चाहनेलाई ऋणीलाई बैंकहरुले ब्याज रकममा १० प्रतिशत छुट दिनुपर्नेछ । चैत मसान्तमै भुक्तानी गर्नुपर्ने छोटो समयका लागि दिइने चालु पुँजी प्रकृतिको कर्जाका लागि पनि ६० दिनको म्याद थप गरिएको छ ।