विश्व शेयर बजारमा ३३ वर्ष यताकै सबैभन्दा धेरै नोक्सानी

Apr Fri 2020 05:04:39

487 views

विश्व शेयर बजारमा ३३ वर्ष यताकै सबैभन्दा धेरै नोक्सानी

कोरोनाको कारण विश्वभर शेयर बजारले ३३ वर्ष यताकै सबैभन्दा धेरै नोक्सानी ब्यहोरको देखिएको छ । सन् २०२० को पहिलो तीन महिनामा विश्व शेयर बजारमा ठुलो गिरावट अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

डाउ जोन्स र लण्डनको एफटिएसइ शेयर बजारमा सन् १९८७ यताकै सबैभन्दा धेरै नोक्सानी भएको छ । पहिलो त्रैमासिकमा यि बजारले क्रमशः २३ र २५ प्रतिशत नोक्सानी व्यहोरीरहेको छ । 

एस एण्ड पी शेयर मार्केटले पनि बीस प्रतिशतको नोक्सानी ब्यहोरेको छ । यो सन् २००८ यताकै सबैभन्दा खराब अवस्था रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।