भारतमा एसबीआई बैंकले तीन महिनाको ऋण मिनाह गर्यो, नेपालको बैंकले के गर्दैछन्

Apr Sun 2020 09:42:24

783 views

भारतमा एसबीआई बैंकले तीन महिनाको ऋण मिनाह गर्यो, नेपालको बैंकले  के गर्दैछन्

एजेन्सी  । भारतको केन्द्रीय बैंकले कोरोना कोभिड १९ महामारीले देश नै लकडाउन भएकाले बैंकहरुलाई ऋणमा सहुलियत दिने आग्रह गरेको थियो ।  केन्द्रीय बैंकको आग्रहलाई स्टेट बैंक अफ इन्डिया (एसबीआई)ले तीन महिनाको लागि ऋणको इएमआइ तिर्न नपर्ने घोषणा गरेको छ ।  शुक्रकार एसबीआई अध्यक्ष रजनीश कुमारले बैंकका ऋणीले अबको तीन महिनासम्म कुनै पनि ऋणको इएमआइ तिर्न नपर्ने घोषणा गरेका हुन । 

एसबीआई पहिलो बैंक हो जसले ग्राहकहरुलाई राहत प्रदान दियो। अब अन्य सरकारी र निजी बैंकहरूमा तीन महिनाका लागि ग्राहकको ऋणको इएमआइ बढाउन दबाब बढाइएको छ। एसबीआई बैंक नेपालले नेपालमा रहेका ग्राहकका लागि भने कस्तो योजना सार्वजनिक गर्ने हो हेर्न बाँकी छ